Comments Add Comment

बिराटनगरको बृद्धाश्रमका लागि सिड्नीमा उठ्यो १ करोड ११ लाख

sydnee proनेपालको विराटनगरमा निर्माण हुन लागेको बृद्धाश्रमका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूले उल्लेख्निय सहभागिता जनाएका छन् ।

उनीहरूले सिड्नीमा आयोजना गरिएको एक कार्यक्रममा १ करोड ११ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएपछि बिराटनगरमा बन्न लागेको बृद्धाश्रमको योजना पूरा हुने भएको हो ।

यो सहयोगको प्रतिबद्धता सिड्नीमा रहेका नेपालीहरूबाट मात्र आएको हो । अन्य शहरमा रहनु भएका नेपालीहरूबाट सहयोग आउने क्रम जारी रहेको छ -‘ मन देखी नै सहयोग आएको छ । सामाजिक कार्यका लागि जुटेको यो सहयोगले सांच्चि नै मूलुकप्रति प्रबासमा रहेका नेपालीहरूले ठूलो गुन लगाएका छन -‘ एनआरएन अष्ट्रेलियाका अध्यक्ष दिनेश पोखरेलले बताए ।

परिबारबाट एक्लिएका र सहाराको खोजीमा रहेका जेष्ठ नागरिकहरूका लागि बन्न लागेको पाथिभरा बृद्दास्रमका लागि १० लाख भन्दा बढी सहयोग गर्ने नेपालीहरूलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा हाल अष्ट्रेलियाको भ्रमणमा रहेका गायक पशुपति शर्मा र मन्जु पौडेलले गीत संगीत मार्फत नै सहयोगको लागि आग्रह गरेका थिए ।

फन्ड संकलन कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले प्रबासमा रहेका नेपालीहरूले चाहे भने थोरै समयमा पनि ठूलो काम गर्न सफलता हात पार्न सक्छन भन्ने उदाहरण बिश्वमाझ पुगेकोमा खुशी ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment