Comments Add Comment

मलेसिया र खाडीका ५७ कम्पनीमा कामदार पठाउन रोक

malesia१८ साउन, काठमाडौं । सरकारले मलेसिया र खाडी मुलुकका ५७ वटा कम्पनीमा नेपाली कामदार पठाउन प्रतिवन्ध लगाएको छ ।

कामदारलाई बिचल्लीमा पार्नेक्रम चुलिएपछि ती कम्पनीका सधैका लागि कामदार पठाउन बन्द गरिएको हो ।

कागजमा आकर्षक तलवसुविधाको आश्वासन दिने तर व्यवहारमा त्यस अनुसारका कार्यान्वयन नगरेका दर्जनौं उजुरीका आधारमा सरकारले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको आजको अन्नपूर्णमा समाचार छ ।

नेपाल एक सय १० वता मुलुकमा कामदार पठाउन खुल्ला गरेको भए पनि कारबाहीमा परेका सबै कम्पनी मलेसिया, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी जम्म चारवटा देशका मात्र छन् ।

ती मुलुकका केही कम्पनीले विदेशी कामदार मगाएर अलपत्र पारेको समेत वैदेशिक रोजगार विभागमा उजुरी परेको छ ।

नेपालले कालोसूचीमा राखेकामध्ये फर्निचर, कटन, टावल, क्लिनिङ क्षेत्रसँग सम्बन्धि कम्पनीहरु रहेका छन् ।
कामदार पठाउन प्रतिवन्ध लगाएका ५७ मध्ये ५२ वटा मलेसियाका कम्पनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment