+
+

राष्ट्रपति निर्वाचनमा धाँधली हुने डोनाल्ड ट्रम्पको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १८ गते १८:५३

donald_trump

१८ साउन, काठमाडौं । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा धाँधली हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

ओहायो कोलम्बसमा भएको र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भने कि उनले लगातार सुनिरहेका छन् कि राष्ट्रपतिको प्रतिस्पर्धा निश्पक्ष हुनै सक्दैन । उनले आफ्ना समर्थकहरुलाई केहि प्रमाणपनि पेस गरे ।

एक अर्को कार्यक्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई शैतानको संज्ञा दिएका छन् ।

यसअघि ट्रम्पले युद्धको क्रममा मारिएका मुसलमान अमेरिकी सैनिकको बिरुद्धमा अभिब्यक्ति दिएका थिए, जसको थुप्रै चर्चित राजनीतिज्ञले बिरोध जनाएका थिए ।

मुसलमान सैनिक हुमायु खान अमेरिकी सेनाका क्याप्टेन थिए जो सन् २००४ मा इराकमा एक कारबम बिष्फोटमा मारिएका थिए ।

ट्रम्पले आफ्ना समर्थहरुसँग भनेका छन्, ‘मलाई डर लागिरहेको छ कि चुनावमा धाँधली हुनेछ । म इमानदारीका साथमा यो कुरा गरिरहेको छु ।

ट्रम्पले पछि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा पनि आफ्नो भनाई दोहोर्‍याए र भने, ‘म अपेक्षा गर्छु कि रिपब्लिकन पार्टीले यस बिषयमा सजग हुनु जरुरी छ । नत्र चुनाव हाम्रो हातबाट निस्कनेछ ।’

यता पेन्सिलभेनियामा भएको एक कार्यक्रमलाई सम्बोधन गरेका ट्रम्पले चुनावी मर्यादालाई बिर्सँदै प्रतिस्पर्धी उम्मेदवार हिलारी क्लिन्टनलाई एक सैतानको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?