Comments Add Comment

ओलीको प्रस्तावले रोकियो प्रधानमन्त्रीमा उम्मेदवारी

KP-Oli१९ साउन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल एमालेले आज हुन लागेको प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

कांग्रेस र माओवादीले मुलकुकमा राजनीतिक रिक्तता सिर्जना गर्ने षड्यन्त्र गरेको निष्कर्षसहित एमालेले प्रधानमन्त्रीमा उमेदवारी नदिने निर्णय गरको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारी नदिई कांग्रेस माओवादी गठबन्धका उम्मेदवारको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

यसअघि पार्टीका उपाध्यक्ष बामदेब गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रधानमन्त्री उम्मेदवार बन्ने चर्चा थियो । तर, बैठकले बिपक्षी गठबन्धनको स्पष्ट बहुमत पुगिसकेको भन्दै उमेदवार नउठाउने निर्णय गरेको हो ।

बैठकको सुरुमा प्रधामन्त्री केपी शर्मा ओलीले  पार्टीको तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी नदिनु नै उचित हुने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment