Comments Add Comment

प्रचण्डले भने- सबै दलसँग सहकार्य गरेर अघि बढ्छु

Prachand

१९ साउन, काठमाडौं । नेकपा माओवादी अध्यक्ष प्रचण्डले एक्लो उम्मेदवार हुनु सन्तोषजक भएपनि प्रमुख दलहरु विभावित भएकाले आफू धेरै खुसी नभएको बताएका छन् ।

संसदमा आफ्नो प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै प्रचण्डले राष्ट्रिय सहमतिको सरकार नबनेपनिा मुद्धाहरुमा सहमति कायम गरेर जान सक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘यदि म प्रधानमन्त्री भएमा मेरो तर्फबाट विना कुनै आग्रह पूर्वाग्रह सहकार्य गर्ने र राष्ट्रिय समस्या समाधान गर्ने विश्वास दिलाउन चाहन्छु ।’

निषेधको राजनीति नचलोस् भन्दै प्रचण्डले सहमति, सहकार्य तथा एकअर्काको आवश्यकता बोधको राजनीति चलोस् भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment