Comments Add Comment

प्रचण्ड र मोदीबीच टेलिफोन सम्वाद, मोदीले दिए बधाइ

Prachanda-PM-1

१९ साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलीफोन गरेर बधाइ दिएका छन् । साथै उनले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्रीले प्रचण्डलाई टेलिफोन गरेका हुन् । फोनमा मोदीले नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै बधाइ दिनुका साथै कार्यकालको सफलताको कामना गरेका थिए ।

टेलिफोन सम्वादमा मोदीले चाँडै भारत भ्रमणका लागि प्रचण्डलाई आग्रहसमेत गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले अनलाइनखबरलाई जानकारी दिएको छ ।

यसैगरी ९ महिना अघि प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी ओलीलाई पनि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर बधाइ तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment