Comments Add Comment

थ्रीस्टार फर्किए मेघराज, एएफसी कपको तयारीमा व्यस्त

3-Star-Club

१९ साउन काठमाडौं । राष्ट्रिय लिग बिजेता थ्रीस्टार क्लव एएफसी कप फुटबलको प्लेअफ छनौटको तयारीमा छ ।

आगामी भदौ ५ देखि मंगोलियामा हुने प्रतियोगिताको लागि थ्रीस्टारले ३ सातादेखि प्रशिक्षण गरिरहेको छ ।

राष्ट्रिय लिग सकिएसँगै तितरवितर भएका खेलाडीहरुलाई पुनः अनुबन्ध गरी थ्रीस्टारले २० खेलाडीलाई टिममा अनुबन्ध गरेर एएफसी कपको लागि प्रशिक्षण सुरु गरेको छ । थ्रीस्टार, एएफसी कप खेल्ने पहिलो नेपाली क्लव हो । यसअघि एएफसी प्रेशिडेण्टकपमा पनि थ्रीस्टारले दुई पटक छनौट पार गरेको थियो ।

गएको दुई सिजन त्रिभुवन आर्मी क्लवको प्रशिक्षण संहालेका प्रशिक्षक मेघराज केसी पुनः थ्रीस्टार फर्किएका छन् । केसीले यसअघि २०६७ देखि ६९ सम्म थ्रीस्टारको प्रशिक्षण संहालेका थिए ।

थ्रीस्टार क्लव एएफसीकपसँगै यो बर्षैभरी अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त हुनेछ । मुख्य प्रशिक्षक केसीले थ्रीस्टारको अनुबन्ध एएफसीको लागि मात्र नभएको बताएका छन् । यसअघिका दुई सिजन आर्मीका प्रशिक्षक बनेका केसीले गत बैशाखमा आर्मी छाडेका थिए । उनको प्रशिक्षणमा आर्मी राष्ट्रिय लिगको उपबिजेता भएको थियो भने मोफसलका ५ नकआउट प्रतियोगिताको उपाधि जितेको थियो ।

एएफसी कपको छनौटमा थ्रीस्टार समूह ‘बि’मा परेको छ । थ्री स्टार संगै समूहमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्लब र कम्बोडियाको नागाओल्र्ड फुटबल क्लब रहेका छन् । थ्रीस्टारले भदौ ५ गते एर्चिम र ७ गते नागाओल्र्डसँग खेल्नेछ । समूहको बिजेता अर्को चरणमा पुग्नेछ ।

प्रतियोगिताको तयारीका लागि आगामी शुक्रबार थ्रीस्टारले सशस्त्र प्रहरीको एपिएफ क्लवसँग एन्फा कम्प्लेक्स सातदोवाटोमा मैत्रिपूर्ण अभ्यास खेल खेल्न लागेको छ । खेल अपरान्ह ४ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment