Comments Add Comment

नेपाल डे फेस्टिभलमा लाखे र झ्यालिंचा नाचको बिशेष आकर्षण

lakhe-nach

जापान । अगस्ट ६ र ७ का दिन टोकियोको योयोगि पार्कमा हुने नेपाल डे फेस्टिभलमा लाखे र झ्यालिंचा नाचको बिशेष आकर्षण हुने भएको छ ।

लाखे र झ्यालिंचा नाचमा मोहन महर्जन , जितेन्द्र महर्जन ,राम कृष्ण श्रेष्ठ ,सुनाकोठी महर्जनज्युले धिमे र भुस्या बाजा बजाउने भएको छ ।

मोहन महर्जनज्युले हरेक बर्ष नेपाल डे फेस्टिबलमा धिमे बाजा बजाउँदै आएको र यसपालिको फेस्टिबलमा पहिलो पल्ट लाखे र झ्यालिंचा नाचमा धिमे बजाउन पाउँदा आफु अत्यन्त उत्साहित भएको जनाए । लाखे र झ्यालिंचा नाचमा प्रकाश लाल श्रेष्ठ ,निलम श्रेष्ठ , सुबिन श्रेष्ठ र नरेन्द्र महर्जनज्युले प्रदर्शन गर्ने भएको छ ।

त्यस्तै नेवार गीतको नृत्यमा रिया जोशी र टीना डंगोलले आफ्नो प्रतिभा प्रस्तुत गर्दैछ भने खिं बाजा प्रकाश लाल श्रेष्ठज्युले बजाउँदै छन् ।

मे बाजा, भुस्या बाजा, ढोलक,खिं बाजा, नेवार गहनाहरुको प्रदर्शन, कुमारी देखाउने, हाकु पतासि लगाउने केटीहरुको प्रदर्शन आदिले गर्दा यसपालिको फेस्टिबलमा नेवार भेषभुषा र बाजा गाजाले मज्जा चखाउने कुरा वर्ल्ड नेवा: अर्गनाइजेशन जापानकी सांस्कृतिक प्रतिनिधि इन्दिरा सुजुकी राजभण्डारीज्युले बताइन् ।

बिता श्रेष्ठ र शर्मिला शाक्यज्युको बिशेष पहलमा हाकु पतासिको प्रदर्शन हुने भएको छ ।

वर्ल्ड नेवा: अर्गनाईजेशन जापान र नेवा: अन्तर्रास्त्रिय फोरम जापानको सक्रियतामा नेपाल डे फेस्टिबलमा नेवार संस्कृति झल्कने कार्यक्रमहरु प्रस्त्तुत हुन् लागेको हो ।

उक्त दिन आ-आफ्नो भेषभुषा,संस्कृति र पहिचान सहित कार्यक्रममा सहभागी हुन् हार्दिक अनुरोध गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment