Comments Add Comment

डेब्यू खेलमै जेरेमी मेनेजको कान च्यातियो

Jeremy-Menez

काठमाडौं । आत्मघाती गोल र हास्यास्पद रेड कार्ड आमरुपमा खराव डेब्यूको रुपमा परिभाषित गरिन्छ । तर जेरेमी मेनेजको हकमा भने यो लागु हुँदैन र फ्रान्सेली क्लव बोर्डेअक्सका लागि उनको डेब्यू अविस्मरणीय रहृयो ।

इटलीयन क्लव एसी मिलानबाट दुई दिनअघिमात्र लिग जान क्लवमा आवद्ध भएका २९ बर्षीय फ्रान्सेली मिडफिल्डर मेनेजले लोरियन्टबिरुद्धको मैत्रिपूर्ण खेलमा विपक्षी खेलाडीसँगको ट्याकलमा दाहिने कान गुमाउन पुगे ।

लोरियन्टका मिडफिल्डर डिडियर नडोङले मेनेजको टाउकोमा टेक्न पुगेका थिए । दुर्घटनापूर्वक उनको कान च्यातिएको छ ।

क्लवको आधिकारिक वक्तव्यमा भनिएको छ कि पेरिस सेन्ट जर्मीनका पूर्वस्ट्राइकर मेनेजको उपचारका क्रममा शल्याक्रिया गर्नुपर्नेछ ।

Jeremy-Menez-1

लोरियन्टका मिडफिल्डर नडोङले पनि आफ्नो कारणले मेनेज चोटग्रस्त भएकोमा क्षमा याचना गरेका छन् । उनले भनेका छन्, ‘म बोर्डेअक्स र जेरेमी मेनेजसँग क्षमा याचना गर्छु । आगामी दिनहरुमा मैले मेरो पूर्ण समर्थन उनलाई रहनेछ र अपेक्षा गर्छु कि उनी चाँडै निको भएर लिग वानमा देख्न पाइयोस् ।’

मेनेजले सिरि एमा दुई सिजन बिताएपछि फ्रान्सेली क्लवका लागि सोमबारमात्र ३ बर्षको सम्झौता गरेका थिए ।

बुधबारको मैत्रिपूर्ण खेलमा उनले अन्तिम १५ मिनेट मैदानमा बिताएका थिए । त्यस खेलमा बोर्डेअक्सले लाउरेन्टमाथि ३-१ को जित दर्ता गरायो ।

मेनेज यस सिजन बोर्डेअक्सका लागि छैटौं अनुबन्ध हुन् । गत सिजन यसले ११ स्थानमा रहेर लिग टुङ्ग्याएको थियो । फ्रान्सेली घरेलु लिग लिग वान आगामी अगष्ट १२ देखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment