Comments Add Comment

प्रचण्ड सपथको ९ रोचक तस्वीरः जसले अलग कथा बोल्छ

२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी समष पद तथा गोपनियताको सपथ लिएका छन् ।

लगतै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि सपथ लिए । सपथपछि बधाइ दिने क्रममा पानी पर्‍यो । सपथ ग्रहण समारोहमा देखिएका ९ केही रोचक दृश्य

१.

सत्ता हस्तान्तरणः प्रधानमन्त्री प्रचण्डले सपथ लिएसागै केपी ओली निवर्तमान प्रधानमन्त्री बने । र, उनले प्रधानमन्त्रीको कुर्सी प्रचण्डलाई सुम्पिए ।

२.

चिनियाँ पहिलाः सपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डलाई पहिला बधाई दिने कूटनीतिज्ञ चिनियाँ राजदूत उ चुन्ताइ रहे ।

३.

भारतीय राजदूत रणजित रायले बधाई दिने क्रममा निवर्तर्मान प्रधानमन्त्री केपी शर्मा ओलीले भने हाँस्दै हेरिरहेका थिए

४.

पत्नीको साथः प्रधानमन्त्री प्रचण्डलाई लाइन लागेर बधाई दिनेमा पत्नी सीता दाहल पनि रहिन् ।

५.

नातीको मायाः प्रचण्डको सपथ ग्रहण समारोहमा परिवारका सदस्यहरुको उपस्थिति बाक्लो थियो । बुहारी बिना मगर छोरा साकारलाई लिएर गएकी थिइन् । दुबैले प्रचण्डलाई बधाई दिए ।

६.

महतोको नजरः प्रधानमन्त्री प्रचण्डलाई बधाई दिने मधेसी मोर्चाका नेता एवं सदभावना अध्यक्ष राजेन्द्र महतो पनि शीतल निवास पुगेका थिए ।

८.

सपथ ग्रहण समारोहमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि सहहभागी भए । तर, उनी त्यति खुसी देखिएका थिएनन् ।

९.

सपथ ग्रहण समारोह चलिरहेका बेला राष्ट्रपतिको कार्यालयमा कागले भने हल्ला नै मच्चाएको थियो ।

२०७३ साउन २० गते १९:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment