+
+

यसकारण रातमा सुत्नुअघि नुहाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २३ गते २०:२९

phpThumb_generated_thumbnail

सरीरलाई सफा राख्न तथा ताजगी भर्नका लागि बिहान सबेरै नुहाउनु निकै राम्रो बानी हो । रोगबाट बँच्नका लागि पनि यस्तो व्यक्तिगत सरसफाइको ठूलो भूमिका रहन्छ । बिहानको नुहाइ त स्वास्थ्यका लागि फाइदाजनक छ नै, राति सुत्ने बेलाअघि नुहाउनु पनि स्वास्थ्यका लागि फाइदाजनक हुने देखिएको छ ।

कतिपय मानिसहरुमा निद्रा नआउने समस्या हुन्छ र अक्सर बिरामी परिरहेका हुन्छन् । यस्ता मानिसहरुका लागि राति सुत्नुअघि नुहाउनु लाभदायक हुने देखिएको छ । रातमा नुहाउँदा राम्रो निद्रा पर्ने तथा भोलिपल्ट सरीरमा स्फूर्ति आउँदछ ।

हालै प्रकाशित भएको इण्डियन डर्माटोलोजी जर्नलको एक रिपोर्ट अनुसार रातको समयमा मनतातो पानीले सरीर नुहाउनाले अनिद्राको समस्या कम हुन्छ र मिठो निद्रा पर्दछ । यसले सरीरको तापक्रम सन्तुलित पार्न सहयोग गर्दछ र निद्रा जगाउँछ ।

जब मानिस तातो पानीले नुहाएर बाथरुमबाट निस्किएर कोठाभित्र छिर्दछ तब चिसो कोठाको वातावरणका कारण सरीरको तापक्रम घट्न थाल्दछ । तापक्रममा आउने गिरावटका कारण सरीरको स्नायु प्रणालीमा सूचना प्रवाह हुन्छ की अब आराम गर्ने समय हो । त्यसपछि सरीरको मेटाबोलिक क्रियाकलाप धीमा हुन्छ, मुटुको गति, स्वासप्रस्वासको दर तथा पाचन क्रियाको दर पनि धिमा हुन्छ । जसका कारण हामीलाई आलस्यता तथा निद्राको अनुभुति हुन्छ ।

रातको समयमा नुहाउनका लागि पानीको उपयुक्त तापक्रम १०४ डिग्र फरेनहाइट हुने विज्ञहरुको भनाई छ । यस्तो तातो पानीमा ५ देखि १५ मिनेटसम्म सावर वा हटट्युबमा चोपलिएर नुहाउनु उपयुक्त हुन्छ । यसरी नुहाउँदा सरीरमा रोग प्रतिरोधी सक्रियताका साथै डिप्रेसन प्रतिरोधी हर्मोनको मात्रामा पनि बढोत्तरी हुन्छ ।

रातमा नुहाउनाले सरीरको सौन्दर्यमा पनि निखार आउँछ र छाला कसिलो बन्दछ । मनतातो पानीले नुहाउनाले मांशपेशीलाई आराम मिल्दछ र थकान पनि भाग्दछ अनि माइग्रेनको पीडा पनि कम हुन्छ । सरीरमा सुजनको समस्या घट्ने र नैरास्यताजन्य मानसिक समस्या पनि कम हुने विज्ञहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?