+
+

कुमारी बैंकबाट विनाधितो २ लाख रुपैयाँसम्म ‘फोन लोन’ सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १७:१३

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको कर्जा दिन सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ ।

आफ्ना क्यूआर मर्चेन्टलाई विना झन्झट कुमारी मोबाइल बैंकिङ एप मार्फत कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यो सुविधाबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीका वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीका सानातिना वित्तीय आवश्यकता पूरा हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?