+

लिसेस्टरलाई हराउँदै म्यानचेष्टर युनाइटेडले जित्यो उपाधि

२०७३ साउन  २४ गते ८:४४ २०७३ साउन २४ गते ८:४४
लिसेस्टरलाई हराउँदै म्यानचेष्टर युनाइटेडले जित्यो उपाधि

Manchester United२४ साउन, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिसेस्टरलाई हराउँदै म्यानचेष्टर युनाइटेडले कम्युनिटी सिल्डको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले लिसेस्टरलाई २-१ गोल अन्तरले हराएको हो । यससँगै माउरिन्हाले उपाधिका साथ युनाइटेडको प्रशिक्षण यात्रा थालेका छन् ।

खेलमा युनाइटेडले ३२ औं मिनेटमा जेसे लिनगार्डको गोलबाट अग्रता लिएको थियो । तर, ५२ औं मिनेटमा जेमी भर्डीले बराबरी गोल फर्काए ।

खेल सकिन सात मिनेट बाँकी छँदा जाल्टन इब्राहिमोभिचले म्यानचेष्टर युनाइटेडका लागि विजयी गोल गरे ।

म्यानचेष्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय