२४ साउन, मुगु । लामो खडेरीपछिको अत्यधिक वर्षाले मुगु जिल्लाको निगाले र टोप्ला लगाएतका वस्तिहरुमा बाढी पहिरोले तरकारी खेती र वालीलाई नोक्सानी पुर्याएको छ ।
तीन दिनदेखिको लगातारको वर्षले तरकारी खेती गरेका खेतका गराहरु भत्कदा किसानहरु मर्कामा परेका छन् ।
गमगढी बजारलाई नियमित तरकारी आपुर्ति गर्दै आएको निगाले गाँउका किसानहरुले लगाएको अधिकांश तरकारी खेती नष्ट भएपछि यतिखेर कृषकहरु चिन्तित छन् । अन्न उत्पादन भन्दा तरकारी खेतिबाटै आम्दानी हुने भएकाले मुगुका किसानहरु तरकारी खेतीमा आकर्शित भएका थिए ।
लामो वर्षाका कारण भल र साना ठूला पहिरोले गर्दा तरकारी खेती र वर्षे वालीलाई समेत क्षति पुर्याएको छ । वर्षले जपिनमा चिरा पर्दा बस्तीहरु जोखिममा परेका छन् ।
पहिरोले तरकारी र अन्न वाली नष्ट गर्नुका साथै बस्ने घरहरु समेत जोखिम बनाइ दिएपछि अब कहाँ गएर बस्ने भन्दै निगाले गाँउका स्थानीय सिंहरुप रोकाया दुखेसो पोख्छन् । तरकारी खेतिबाटै मासिक २५ हजार सम्म आम्दानी गर्दै आएकी रुपा रोकाया वर्षाले सबै तरकारी नष्ट भएपछि अव कसरी घर खर्च चलाउने भन्दै चिन्तित छिन् ।
बाढी र पहिलोले सडक अवरुद्ध भएका छन् । खाने पानीका पाइपसमेत पहिरोले बगाएपछि खानेपानीको समेत जिल्लाको जनजीवन प्रभावित भएको छ । वर्षले घर भत्कने डरले ग्रामिण वस्तीका नागरिक राम्ररी निदाँउन नसकेको बताउँछन् ।
प्रतिक्रिया 4