२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रचण्डले सोमबार साँझ राप्रपाबाट दीपक बोहोरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तबाट जयदेव जोशीलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले साँझ नै शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
मन्त्रीहरुको विभागीय जिम्मेवारी नतोकिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
सोमबारको विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले सपथसँगै कांग्रेसका दुई र माओवादीका तीन मन्त्रीलाई समेटेर मन्त्रिपरिषद गठन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4