२५ साउन, काठमाडौं । ब्राजिलले रियो ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ ।
महिला जुडोको ५७ केजी तौल समूहमा राफायल सिल्भाले आयोजक ब्राजिललाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।
उनले विश्व नम्बर एक सुमिया डोर्जसुरेनलाई पराजित गरिन् । उनले लण्डन ओलम्पिकका लागि पनि छनौट भएकी थिइन् । तर, नियम तोडेको आरोपमा अयोग्य घोषित भएकी थिइन् ।
प्रतिक्रिया 4