Comments Add Comment

स्कुल जाने क्रममा खोलाले बगाएर विद्यार्थीको मृत्यु

२५ साउन, ताप्लेजुङ । ताप्लेजुङमा खोलाले बगाएर एक विद्यार्थीको मृत्यु भएको छ । लिफ्मि गाविसस्थित विजय निम्न माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया अनिता लिम्बुको खोलाले बगाएर मृत्यु भएको हो ।

अनितालाई मंगलबार बिहान स्कुल जाने क्रममा तावा खोला तर्ने क्रममा बगाएको थियो । उनको शव करीव २ सय मिटर तल स्थानियले फेला परेका छन् ।

खोलामा पुल नभएको खोलाभित्रैबाट ढुङ्गा टेक्दै तर्ने क्रममा चिप्लिएकी उनलाई खोलाले बगाएको स्थानिय एलबि लिङ्खिम (लिम्बु) ले बताए । अनितालाई खोलाले बगाउन साथ उनका साथीहरुले स्थानीय र शिक्षकलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment