Comments Add Comment

नेपाली जनसम्पर्क समिति क्यानडाको भेटघाट कार्यक्रम सम्पन्न

canada_janasamparkaक्यानडा  । नेपाली जनसम्पर्क समिति, क्यानडाले अगष्ट ७, २०१६ आइतवारका दिन समर बारबिक्यू पिकनिक तथा समुदाय भेटघाट कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा  मिसिसाउँगाका  सांसद पिटर फोनसिका ले क्यानडाको तर्फबाट पठायको शुभकामना सहितको प्रमाणपत्र बारबिक्यू कार्यक्रममा नेपाली जनसम्पर्क समिति, क्यानडाका सभापति बुद्धी वलीलाई सांसद पिटर फोन्सिका प्रतिनिधि मार्फत प्राप्त भएको छ ।

त्यसैगरि बारबिक्यू कार्यक्रममा क्यानडामा रहेका संघ संथाका प्रतिनिधिहरु लगायत नेपाली समुदायका सदस्यहरुको बाक्लो उपस्थिति थियो ।

उक्त कार्यक्रममा मैत्रीपूर्ण भलिबल खेलको उद्घाटन एनआरएन क्यानडाका प्रबक्ता किस्मत भण्डारीबाट गरि बिजयी टिमलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । जिटिए क्यानडामा रहेका  नेपाली समुदायका सदस्यहरुको भेटघाट तथा मनोरन्जनका लागि नेपाली जनसम्पर्क समिति क्यानडाकाले प्रत्यक बर्ष बारबिक्यू तथा भेटघाड कार्यक्रम गर्दै आइरहेको छ ।

कार्यक्रम सम्पन्न गर्न गुरु प्रसाद श्रेष्ठ, हेम पाण्डे, सुनन्द सुवेदि, नर बहादुर टण्डन, अजय गौतम तथा जनसम्पर्क पदाधिकारीकाहरु बाट सहयोग प्राप्त भएको थियो ।

बरिष्ठ उपसभापति सुरेन्द्र खड्काको संयोजकत्वमा उक्त बारबिक्यू कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा एन पि सि सि क्यानडा हार्दिक आभार प्रकट गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment