+
+

सहमतीय सरकार गठनको आधार कमजोरः नेपाल

'सरकार परिवर्तनपछि देश जटिल मोडमा'

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७३ साउन २६ गते १८:५९

Madhav-Kumar-Nepal
२६ साउन, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार परिवर्तनसँगै देश जटिल मोडमा पुगेको बताएका छन् । उनले राष्ट्रिय सरकार गठन हुनेमा शंका व्यक्त गरेका छन् ।

‘प्रचण्ड जीले हतार-हतारमा अविश्वासको प्रस्ताव दर्ता गर्नुभयो,’ बुधबार रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले भने, ‘सहमतिमात्रै होइन, राष्ट्रिय सहमतिकै सरकारको प्रयास भइरहेका बेला भएको सरकार परिवर्तनले देश जटिल मोडमा पुगेको छ । अहिलेको स्थितिले राष्ट्रिय सहमतिको सरकारको आधार कमजोर बनेको छ ।’

राष्ट्रिय सहमतिका लागि पहल भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिएर गल्ती गरेको उनले टिप्पणी गरे ।

ओली नेतृत्वको सरकारले तय गरेका महत्वपूर्ण योजनाहरु कार्यान्वयनको दिशामा अहिलेको सरकारले चाल्ने कदमहरुले आगामी दिनको मार्ग प्रष्ट गर्ने उनले बताए ।

बाराको निजगढमा दाश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रकृयालाई गति दिनुपर्नेमा जोड दिँदै नेता नेपालले निजगढ-काठमाडौं फास्ट ट्रयाक सरकारले नै बनाउनुपर्ने बताए । आर्थिक लोभमा परेर फास्ट ट्रयाक निर्माण विदेशीलाई दिए देशले ठूलो नोक्सानी बेहोर्ने उनको तर्क छ ।

हाल हतारमा नगरपालिका घोषणा गर्ने क्रम बढेको भन्दै ठोस योजना र कार्यनीतिका साथ स्थानीय संरचना बनाउनु पर्नेमा समेत नेता नेपालले जोड दिए ।

केही गाविसलाई गाभेर नगरपलिका बनाउदैमा त्यहाँको विकास नहुने भन्दै उनले गाउँपालिका र इलाकाहरुका लागि ठोस प्रस्ताव ल्याएर अधिकार सम्पन्न बनाउनु पर्ने बताए । लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा जनतामा वितृष्णा बढेकाले यसै वर्ष स्थानीय निकायको निर्वाचन गराउनु पर्नेमा समेत नेता नेपालले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?