सोल । वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ नेपालको टिमले ४ स्वर्ण जितेको छ ।
नेपालको तर्फबाट सहभागी भएका प्रेरणा भूसाल, साकारढकाल, सागर श्रेष्ठ, ससिन शर्माले स्वर्ण पदक जितेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको जन्म स्थान उम्सङको जिम्न्यासियममा भएको प्रतियोगितामा विश्वका २६ देशले भाग लिएको थियो भने नेपालबाट सहभागी हुन १२ जना खेलाडी अन्तराष्ट्रिय प्रशिक्षक तथा यससंघका चितवन जिल्ला अध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा नेपाली तेक्वान्दो टिम कोरिया गएको थियो ।
प्रतिक्रिया 4