Comments Add Comment

प्राइम बैंकको नाफा सवा अर्ब

२६ साउन, काठमाडौं । प्राइम बैंकले गत आर्थिक वर्षमा १ अर्ब १२ करोड ८२ लाख रुपैयाँ नाफा कएको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा ७४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

Prime-Bankबैंकको खुद व्याज आम्दानीमा १४.४६ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ पुगेपछि बैंकको नाफा वृद्धिमा सहयोग पुगेको हो ।

यस अवधिमा बैंकको निक्षेप १७.९१ प्रतिशतले बढेर ४८ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ भने कर्जा २३.५२ प्रतिशतले बढेर ४० अर्ब २८ करोड ९२ लाख रुपैयाँ पुगेको बैंकद्धारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैकले जगेडा कोषमा १ अर्ब ७५ करोड ५७ लाख रुपैयाँ छ । बैंकले संभावित जोखिम व्यवस्थाका लागि २५ करोड ३८ लाख रुपैयाँ छुट्याएको छ भने २५ करोड ७६ लाख रुपैयाँ राइटव्याक गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३०.४५ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २४ .५० गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४६ दशमलव ३९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment