+
+

गुल्मीका स्थानीय उत्पादन कोशेली घरमा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २८ गते १४:४१

koseli-ghar-gulmi
२८ साउन, गुल्मी । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न भन्दै गुल्मीमा कोशेली घरको नयाँ साे-रुम सुचारु भएको भएको छ । कोशेली घर सहकारी संस्थाद्धारा सञ्चालित कोशेली घर पसलमा स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका विभिन्न बस्तुहरुलाई बजार उपलब्ध गराइने छ ।

सदरमुकाम तम्घासको पुतलीबजारमा कोशेली घरको साे-रुमको गुल्मीका पमुख जिल्ला अधिकारी उदय रानाले उद्घाटन गरे । साे-रुमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रानाले जिल्लामा घरेलु तथा साना उद्यमीले उत्पादन गरेर बजार नपाएका त्यस्ता बहुमुल्य सामाग्रीहरुलाई बिक्री बितरण गर्न यो घरले ठुलो सहयोग गर्ने बताए । घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई कहाँ लगेर बेच्ने भन्ने समस्या पनि हट्ने उनको भनाइ थियो ।

स्थानीयस्तरमा उत्पादन भएका घरेलु सामाग्रीहरुको बिक्री बितरण गरेर घरेलु साना उद्यामीहरुको जीवनस्तरमा परिर्वतन ल्याउन यसले मुख्य भूमिका खेल्नेमा आफु विश्वस्त रहेको प्रजिअ रानाले बताए ।

तीन वर्ष पहिलेबाट गुल्मीमा कोशेली घरको स्थापन भएपनि व्यवस्थित रुपमा भने घरेलु तथा साना उद्यामीहरुबाट उत्पादित सामाग्रीहरुको विक्री बितरण भएको थिएन । केहि उद्यमीहरुबाट उत्पादित सामाग्रीहरु कोशेली घरले बिक्री बितरण गरेपनि व्यवस्थित रुपमा भने सञ्चालनमा आउन सकेको थिएन ।

कोशेली घरमा जिल्लामा स्थानिय स्तरमा घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका सेरामिक्सका सामाग्री, वाँसबाट बनेका सामाग्री,क्रिष्टलका गहना, हातले बुनेका सुइटर झोला लगायत बिभिन्न सामाग्रीहरु, गिफ्टका सामाग्रीहरु र घरेलु उत्पादित विभिन्न खाद्य सामाग्रीहरु पाइने कोशेली घर सहकारी संस्थाका सचिव हरि पोखरेलले जानकारी दिए ।

साना उद्यमीहरुले घरमै बसेर उत्पादन गरेका बिभिन्न वस्तुहरुलाई यो घरले बिक्री बितरण गर्न मद्दत गरेर साना उद्यमीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्न पनि यसले मद्धत गर्ने पोखरेलले बताए । बिदेशी उत्पादन भन्दा स्वदेशी तथा स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीहरुको प्रयोग गर्न उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?