+
+

अष्ट्रेलियामा चपली हाइट–२ प्रदर्शन हुने

राजन घिमिरे राजन घिमिरे
२०७३ साउन २९ गते ११:५६

chapali-hightदिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाइट– २’ अष्ट्रेलियामा बसेका नेपाली दर्शकले चा“डै हेर्न पाउने भएका छन् । नेप्लेका संन्जयकुमार शाहले अष्ट्रेलियामा यो चलचित्र प्रदर्शनको मेसो मिलाएका हुन् ।

अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका शाहले नेपाली चलचित्र र नेपाली कलाकारहरूको सहभागीतामा बिभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेका छन् ।

‘चपली हाईट –२’ अगष्ट महिना भित्रबाट अष्ट्रेलियाको बिभिन्न शहरहरूमा प्रदर्शन शुरूवात गरिने शाहले बताए । चलचित्र प्रदशनीको ब्यबस्था नेप्ले ईभेन्टसले गरेको हो । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रलाई आशावादि फिल्मको रुपमा हेरिएको छ ।

खनालले यस अघि निर्देशन गरेको चलचित्र ‘पशुपतिप्रसाद’ले पनि अष्ट्रेलियामा रहेका नेपालीहरूवाट प्रशंसा पाएको थियो । ‘चपली हाईट–२’ बिशेष गरेर यूबा पुस्ताको चाहनालाई ध्यानमा राखेर ल्याईए पनि यसले सबै किसिमका दर्शकहरूको मन जित्ने कुरामा हामी ढुक्क छौ’ आयोजक शाहले भने ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?