+
+

यस वर्षको अन्तिम साउने सोमबार आज, तीर्थस्थलमा भक्तजनको भीड

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ साउन ३१ गते ८:२४

devghat (1)३१ साउन, चितवन । साउनको अन्तिम सोमबार आज देशभरका शिव मन्दिर एवं तीर्थस्थहरुमा भक्तजनहरुको भीड लागेको छ । पशुपति, देवघाट लगायतका शिव मन्दिरहरुमा पुजा अर्चना गर्ने भक्तजनको भीड लागको हो  ।

आज देवघाटमा भक्तजनहरुको विशेष मेला लागेको छ ।   देवघाटमा महिनाव्यापी बोल ॐ महोत्सव आयोजना गरिदैँ आएको छ ।

कालिगण्डकी र त्रिशुलीको संगम वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुनुका साथै चर्म रोगसमेत निको हुने जनविश्वासका कारण देवघाटधाममा स्नान गर्नेको भीड लाग्ने गरेको हो । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाट पर्दछ ।

साउने महोत्सव भर्न देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । पहेलो बस्त्र लगाएर खाली खुट्टामै भक्तजन बोल ऊं मेला भर्न आएका छन् ।

५ वटा सोमबार गरेर झन्डै १ लाख  ५० हजार बढी दर्शनार्थीले मेला भरेको देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका सदस्य टंकनाथ पौडेलले जानकारी दिए । आज अन्तिम सोमबार मात्रै ३० हजार बढीले दर्शन गरिसकेका छन् ।

साउनको हरेक सोमबार निराहार ब्रतबसी स्नान गरेर बेलपत्र तथा गङगाजल शिवमन्दिरमा चढाउने गरिन्छ ।

धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले साउनमा पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।

देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले साउन महिनाभरि बोल ऊं महोत्सव नै आयोजना गरेको होे ।

devghat (2)साँझदेखि नै यहाँ आएर रातभर जाग्राम बसेर भजनकीर्तन गरेका झक्तजन आज स्नान गरी शिवलाई गङ्गाजल र बेलपत्र चढाएर र्फकने गर्दछन् ।

योपटक मेलामा लोप हुँदै गइरहेको भानुभक्तीय रामायणलाई सङ्गीतको धुनमा प्रस्तुत गरिएको र एक हजार आठ शिवमन्त्रद्वारा होम चलिरहेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र कुमार पियाले जानकारी दिए  ।

महोत्सव आयोजक समितिले धार्मिक पर्यटक आकषिर्त गर्न ३० फिट अग्लो शिवको मूर्ति स्थापना गर्न शिलन्यास समेत गरिसकेको छ । यसैबीच चितवनको रत्ननगर, माडी, पर्सा, भण्डारा, भरतपुरको महाकालेश्वर मन्दिरलगायत शिवालयमा बिहानैदेखि पूजा गर्ने भक्तजनको भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?