Comments Add Comment

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रहः झिँगालाई मेसिनगन नहान्नुस्

विहान पत्रिका पढ्दा दिक्क लाग्छ

३२ साउन, काठमाडौं । सञ्चारमन्त्री राम कार्कीले झिँगालाई मेसिन गन नहान्न पत्रकारहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय नेपाली सञ्चार माध्यमहरुमा नकारात्मक समाचार मात्र आउने गरेको उनको गुनासो थियो ।

ram karkiनेपाल पत्रकार महासंघले मंगलबार आफ्नै कार्यालयमा आयोजना  गरेको स्वागत तथा सम्मान कार्यक्रममा सञ्चारमन्त्री कार्कीले विहान उठेर पत्रपत्रिका पढ्दा दिक्क लाग्ने गरेको बताए ।

हरेक दिन भएन, बनेन भन्ने जस्ता नकारात्मक समाचार मात्र आउने गरेको भन्दै उनले कम्तिमा हप्तामा एक दिन र नभए महिनामा एक दिन भए पनि सकारात्मक समाचार लेख्न आग्रह गरेका छन् ।

मन्त्री कार्कीले राम्रो कामको समाचार लिखाजत्रो आउने गरेको टिप्पणी गरे । गायक शम्भु राईले विदेशबाट एक लाख ल्याएको र त्यो रकम आफूसहित धनकुटा पुगेर बृद्धबृद्धालाई एक हजार नगद र फलफूल वितरण गरेको घटना सम्झँदै उनले भने, त्यो समाचार लिखा जत्रो आयो । यदि त्यहाँ हामीले जानेर नजानेर कुनै गल्ती गरेको भए कत्रो समाचार आउँथ्यो ?

यद्यपि आफूले सरकार र आफ्नो आलोचना नै नगर्नुस् नभनेको उनले बताए । महाभारतको युद्धमा आफूलाई मन पर्ने पात्र कर्ण भएको भन्दै कार्कीले सरकारको मामिलामा पत्रकारहरुले बलियो प्रतिपक्षकै भूमिका खेल्नुपर्ने बताए ।

कर्मचारीलाई प्रश्नः भित्ता भरिएपछि फोटो कहाँ झुड्याउने ?

सञ्चारमन्त्री कार्कीले पृथ्वीनारायण शाहपछि राजा महेन्द्रलाई मात्रै धेरैले सम्झने गरेको भन्दै आफूहरु फोटो झुण्ड्याउन मात्रै नआएको बताए ।

प्रधानमन्त्रीको मात्र नभएर मन्त्रालयमा सञ्चारमन्त्रीको पनि फोटो झुड्याउने गरेको रहेछ भन्दै उनले आफूले कर्मचारीहरुलाई भित्ता भरिएपछि फोटो कहाँ झुड्याउने ? भनेर प्रश्न गरेको सुनाए । उनका अनुसार यस्तो सुनेर कर्मचारीहरु हाँसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment