१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने भएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको पारिश्रमिक उपलव्ध गराउने बताएका हुन् ।
भूकम्पपछि धुर्मुस सुन्तलीले चलाएको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईंहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ,’ प्रधानमन्त्रीले भने,’ म तपाईंहरुको अभियानमा सँगै छु , अहिलेको लागि मेरो पहिलो महिनाको व्यक्तिगत लतब तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्छु ।’
भेटमा प्रधानमन्त्री प्रचण्डले धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना वस्तीलाई सरकारले प्राथमिकतामा रहेको उल्लेख गरे । प्रचण्डले आफू अहिले केह गरेर देखाउने सोचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पुनर्निर्माणलाई अगाडि बनाउनेपर्ने बताए ।
प्रधामन्त्रीसँगको भेटमा धुर्मुस सुन्तलीले आफूहरुलाई सरकारलाई दूत नियुक्ति गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका पर्याप्त अधिकार नभएको गुनासो गरे ।
प्रतिक्रिया 4