+
+

पास भएको वर्ष दिनसम्म विद्यार्थीले पाएनन् ट्रान्सक्रिप्ट

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २ गते ६:०८

Tribhuwan University२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतको भूगोल केन्द्रीय विभागका विद्याथी पास भएको वर्ष दिनसम्म पनि ट्रान्सक्रिप्ट पाउनबाट वञ्चित भएका छन् ।

विभागीय प्रमुख पदमचन्द्र पौडेलको दबाबमा बैकल्पिक विषयलाई अनिवार्य रुपमा सबै विद्यार्थीलाई पढाइएका कारण १० वटै विषयमा उत्तीर्ण भएका विद्यार्थीको ट्रान्सक्रिप्ट रोक्का भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

स्नातकोत्तर तह दोस्रो वरेषको वैकल्पिक विषय जेन्डर एन्ड डेभलेपमेन्ट अनिवार्य रुपमा पढाइ भएपछि समस्या उत्पन्न भएको हो ।

दोस्रो वर्षमा शोधकार्य लेख्न नचाहनेले त्यसको विकल्पमा जेन्डर विषयको परीक्षा दिन सक्ने व्यवस्था रहेकोमा भूगोल केन्द्रीय अनिवार्य बनाएपछि समस्या आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?