+
+
Shares

डिडिसीले भन्योः पाउडर दूध नयाँ, प्याकिङ ब्याग मात्रै पुरानो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ३ गते ११:१३
फाइल फोटो
फाइल फोटो

३ भदाै, काठमाडौं । दुग्ध विकास संस्था (डिडिसी)ले काठमाडौं दुग्ध वितरण आयोजनाको बालाजुमा रिलेभलिङ गरिएको भनिएका पाउडर दूधको उपभोग म्याद ननाघेको दावी गरेको छ ।

संस्थानले एक विज्ञप्ति जारी गरेर पाउडर दूधको बोरा पुनः प्रयोग गर्दा नयाँ लेभलिङ भएको जस्तो देखिएको दावी गरेको हो ।

गत वर्षको मधेश आन्दोलनका क्रममा भारतबाट ल्याउनुपर्ने ब्याग आयात गर्न नसकेकाले उद्योगमा प्रयोग भइसकेका बोरा फेरि प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

डिडिसीले बिराटनगरमा उत्पादित पाउडर दूध २५ केजीको बोरामा प्याक गर्ने गरेको छ । यो प्याक गर्ने ब्याग भारतबाटै आउनुपर्नेमा मधेश आन्दोलनका समयमा आपूर्ति गर्न नसकेकोले नयाा उत्पादन राख्न पुरानालाई नै प्रयोग गरिएको डिडिसीले जनाएको छ ।

ति सबै पाउडर दूध आन्दोलनकै अवधिमा बिराटनगरमा रहेको पाउडर प्लान्टबाट उत्पादन गरिएको र अभावका बेलामा ब्याग पुनः प्रयोग गर्दा नयाँ लेभलिङ गरिएको दावी डिडिसीको छ । प्याकिङ ब्याग पुरानो भएपनि दूध भने मिति नगुजि्रएको डिडिसीले जनाएको छ ।

संस्थानले आफ्ना सबै उत्पादनहरु गुणस्तरीय रहेको दावी गर्दै भ्रममा नपर्न सर्वासाधारणलाई आग्रह गरेको छ । मंगलबार डिडिसीको बालाजु प्रशोधन केन्द्रमा ४ हजार बोरा रि-लेभलिङ गरिएको पाउडर दूध भेटिएपछि आपूर्ति विभागले शील गरेको थियो ।
ddc-release

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?