Comments Add Comment

प्रधानमन्त्रीको पद मेरा लागि चुनौतिपूर्ण अवसरः प्रचण्ड

Prachanda,-Chairman-of-Maoist-Center४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा आएको गोरखा जौबारीको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले आफ्नो कार्यकाल चुनौतिपूर्ण अवसर भएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भनेे, ‘परिस्थिति निकै चुनौतिपूर्ण छ, जनताका आकांक्षाहरु धेरै छन् । मेरा लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको छ । यसपटक केही परिणाममूखी काम गर्नेछु ।’

भेटमा प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भएको भन्दै निश्छल मनले शुभकामना दिएकोमा सबैलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment