Comments Add Comment

उपल्लो मुस्ताङमा यसरी मनाइयो याथुङ पर्व (फोटो फिचर)

 

Yartung_Festival-Mustang-11

उपल्लो मुस्ताङले पर्यटकीय हिसाबमा निकै ख्याति कमाएको छ । तर, उपल्लो मुस्ताङको अर्को विशेषता यहाँको संस्कृति र चाडपर्व पनि हो । याथुङ पर्व त्यसैमध्येको एक हो । तीन दिनसम्म मनाइने मुस्ताङको दोस्रो ठूलो पर्व याथुङ, यस बर्षपनि भव्य रूपमा मनाइएको छ ।

Yartung_Festival-Mustang

याथुङ पर्वमा खासगरी घोडाहरुको लस्करले सबैको ध्यान तान्छ । त्यो लस्करमा सिँगारेर चिटिक्क पारिएका दुई वटा घोडा सबैभन्दा अगाडि राखिन्छ । यस पर्वमा मुस्ताङका राजा-रानीको उपस्थिति हुनु अनिवार्य मानिएपनि अस्वस्थताको कारण राजा जिग्मे प्रबल विष्ट र रानी सितोल उपस्थित हुन नसकेपछि सिंगारिएका दुई घोडामा राजा-रानीको तस्बिरलाई प्रतीक मानेर राखिएको थियो ।

Yartung_Festival-Mustang-9

यो पर्वमा पहिलो दिन पुरुषहरुलेे, दोस्रो दिन महिलाहरुले र तेस्रो दिन लामाहरुले मनाउने गर्छन् । पहिलो दिन पुरुषहरु लोमान्थाङबाट घोडा चडेर नजिकैको चौरमा भोजभतेर गर्छन् । भोजभतेर गर्नुका साथै सबै मिलेर नाचगान समेत गर्छन् । साँझ घोडा दौड प्रतियोगिता आयोजना गरिन्छ । यो पर्वको प्रमुख आकर्षण भनेकै घोडा दौड हो । दौड हेर्न देश-विदेशबाट पर्यटक माथिल्लो मुस्ताङ पुग्छन् ।

Yartung_Festival-Mustang-12

पर्वको दोस्रो दिन महिला दिदीबहिनीहरुले मनाउँछन् । तेस्रो दिन लामाहरुले पूजा-अर्चना गर्छन् । यस क्रममा लोमान्थाङका बासिन्दामा केही अनिष्ट नहोस्, अन्नबाली सप्रियोस् र देशमा अमनचैन होस् भन्ने कामना गरिन्छ ।

वर्षा सकिएपछि यो पर्व मनाउने चलन छ । याथुङ पर्वलाई खेतीबालीको काम सकिएपछि रमाइलो गर्ने र टाढा रहेका आफन्तजनसँग भेटघाट गर्ने पर्वको रूपमा समेत लिने गरिन्छ ।

Yartung_Festival-Mustang-5

अहिले पोखराबाट बस चढेर माथिल्लो मुस्ताङ दुई दिनमै पुग्न सकिने भएपछि आन्तरिक पर्यटक पनि उल्लेखनीय रुपमा आउने गरेका छन् । पोखराबाट पहिलो दिन जोमसोम पुगिन्छ भने जोमसोमबाट आठ घण्टाको बसयात्रापछि गन्तव्य आइपुग्छ ।

Yartung_Festival-Mustang-5
Yartung_Festival-Mustang-6

Yartung_Festival-Mustang-10

Yartung_Festival-Mustang-8

Yartung_Festival-Mustang-4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment