+
+
Shares

विद्युत् प्राधिकरण भैरहवामा आठ करोड सत्तरी लाख बक्यौता

रासस रासस
२०७३ भदौ ९ गते १५:३३

९ भदौ, लुम्बिनी । नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले रु आठ करोड ७० लाख बक्यौता उठाउनुपर्ने देखिएको छ ।

Nepal-Bidut-Pradhikarnलामो समयदेखि विद्युत् महसुल नबुझाउनेमा भैरहवा भन्सार कार्यालय, महेन्द्र सभागृह, कृषि सेवा केन्द्र, विशेष आर्थिक क्षेत्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय, गौतमबुद्ध विमानस्थल, भैरहवा लुम्बिनी भूमिगत जल परियोजना, जिल्ला जनस्वास्थ्य कार्यालय, कर्मचारी मिलन केन्द्रलगायतका रहेका छन् । त्यसबाहेक निजी स्वामित्वमा रहेका उद्योग तथा आम उपभोक्ता पनि रहेका छन् ।

ती कार्यालयले तीन महिनादेखि ६४ महिनासम्मको विद्युत् बक्यौता तिर्न बाँकी रहेको भैरहवा वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । सडक बत्तीको ६४ महिनादेखिको बक्यौता तिर्न बाँकी छ भने भैरहवा भन्सार कार्यालयको १७ महिनादेखिको बाँकी छ ।

त्यसैगरी महेन्द्र सभागृहको छ महिनाको रु एक लाख ११ हजार बाँकी देखिएको छ भने विशेष आर्थिक क्षेत्रको ३६ महिनाको रु दुई लाख ७८ हजार प्राधिकरणले असुल गर्न बाँकी छ । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयको २९ महिनाको रु एक लाख २५ हजार, कृषि सेवा केन्द्रको रु ३९ महिनाको ८४ हजार, कर्मचारी मिलन केन्द्रको ३९ महिनाको रु ७८ हजार, सिद्धार्थनगर नगरपालिकाको ३९ महिनाको रु ९३ हजार, जिल्ला ट्राफिक प्रहरी कार्यालयको २१ महिनाको रु ६८ हजार, भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाको रु एक करोडभन्दा बढी बाँकी छ ।

तीन महिना र रु ५० हजारभन्दा माथिको रकम उठाउनुपर्ने सूचीमा ९० वटाको नाम रहेको छ । पर्याप्त मात्रामा जनशक्ति र स्रोत साधन नहुँदा काम गर्न कठिनाइ भएको ठाकुरको भनाइ छ । भैरहवा वितरण केन्द्रअन्तर्गत ९० हजार ग्राहक रहेका छन् भने २०० दरबन्दी रहनुपर्ने कार्यालयमा ११० कर्मचारी कार्यरत छन् । ‘एकजना मिटर रिडरले महिनामा एक हजार ५०० जनाको रिडिङ गर्नुपर्नेमा चार हजार वटासम्म मिटर रिडिङ गर्नुपरेको छ,’ उनले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?