Comments Add Comment

झापामा स्पोर्टस् अवार्ड आयोजना हुँदै

Agreement-NSJF-

१० भदौ, झापा । झापाका खेलाडी तथा प्रशिक्षकहरुको प्रोत्साहन गर्ने उद्देश्यले नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाको संयोजनमा एनएफजेएफ स्पोर्टस् अवार्डको घोषणा गरिएको छ ।

शुुक्रबार विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रमका बीच विभिन्न चार विधामा यो अवार्ड प्रदान गरिने जानकारी दिइएको हो । अवार्डको मिति र समावेश चार बिधा भने मञ्चले सार्वजनिक गरेको छैन ।

झापाका फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड वितरण गरिनेछ । आशिषका दाजु एवम् एन्फाका केन्द्रीय सदस्य पङ्कज विक्रम नेम्बाङ्ले पुरस्कार राशीको प्रायोजन गरेका छन् ।

कार्यक्रमकै अवसरमा नेम्बाङ् र खेलकुद पत्रकार मञ्चका अध्यक्ष रमेश समदर्शीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पत्रमा नेम्बाङ्ले ३ वर्षसम्म ५० हजार रुपैयाँका दरले १ लाख ५० हजार रुपैयाँ मञ्चलाई प्रदान गर्ने उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेम्बाङ्ले ३ वर्षसम्म गरिने कार्यक्रमको प्रकृति हेरर सम्झौतालाई अझ बढाउन पनि सक्ने बताए । ‘मेरो भाई, फटबलर आशिषको स्मृतिमा यो पुरस्कारको सौजन्य गर्न पाउँदा खुशी लागेको छ’, उनले भने, ‘प्रफर्मेन्स हेरेर सम्झौतालाई बढाउनेछु ।’

कार्यक्रममा बोल्दै वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आलेले आशिषको प्रशंसा गरे । र, अवार्डको निरन्तरका लागि कामना व्यक्त गरे । ‘आशिष एक कुशल खेलाडी थिए’, आलेले भने, ‘उनी मेरो उत्पादन हुन् भन्न पाउँदा खुशी लाग्छ ।’

त्यस्तै, झापा जिल्ला फुटबल संघका पूर्वसचिव राजीव धिमालले पनि खेलाडीहरुको मनोबललाई बढाउन तथा प्रोत्साहन गर्न सुरु गरिएको यो अवार्डको प्रशंसा गर्दै निरन्तरताको लागि शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment