+
+
Shares

८ सय रुपैयाँ दिनुस् एक दिन जेलभित्रको मज्जा लिनुस

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ११ गते १२:०९

women in jailके तपाइँलाई अपराध नगरीकनै जेलमा बस्ने इच्छा छ ? सायद जेलमा बस्ने इच्छा कसलाई पो होला र ? अझ पैसा तिरी तिरीकन जेलमा बस्न को जाला ?

तर जिन्दगीमा जेलबासको अनुभव हासिल गर्न नपाएका हरुका लागि जेलको बास केवल कल्पनाको विषय हो र कसै कसैलाई जेलभित्र एक दिन भएपनि बसेर अनुभव गर्न पाए हुन्थ्यो भन्ने लाग्नसक्छ । यस्तो इच्छा भएका हरुका लागि अब भारतमा इच्छापूर्तिको व्यवस्था गरिएको छ ।

भारतको तेलंगानास्थित मेडक जिल्लामा रहेको एक पूरानो जिल्ला जेलले यस्तो व्यवस्था गरेको हो ।
जस अनुसार जेलका कोठाहरु इच्छुक मानिसहरुलाई २४ घण्टाका लागि भाडामा दिइनेछ । यसका लागि प्रति कोठा ५ सय भारु तिर्नुपर्नेछ ।

५ सय भारु तिरिसकेर जेलबासको लागि नाम दर्ता गराइसकेपछि पूरै एक दिन पूर्ण कैदीको रुपमा जेलभित्र बस्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?