Comments Add Comment

शीर्ष नेताले गरे संसदको उपेक्षा, सत्ता परिवर्तनको समयबाहेक नेताहरु संसद बैठकमा उनुपस्थित

१३ भदौ, काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुले संसदलाई उपेक्षा गरेको भन्दै सांसदहरुले आक्रोश व्यक्त गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

शीर्ष नेताहरुले संसदलाई सत्ताको भर्‍याङ बनाउने  कार्यवाहेक अरु केही नगरेको आरोप सांसदहरुको छ ।

सत्ता परिवर्तनको समयबाहेक शीर्ष नेताहरु संसद बैठकमा उपस्थित नहुने गरेको गुनासो सांसदहरुको छ ।

संविधानसभाको पहिलो बैठकदेखि व्यवस्थापिका संसदको सोमबार बसेको बैठकसम्म अधिकांश दिन शीर्ष नेताहरुसहितका पहिलो मर्यादाक्रममा रहने सबै नेताको कुर्सी खाली देखिँदै आएको समाचार आजको अन्नपूर्णमा छ ।

संसदको सोमबारको बैठकमा सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका सांसद जनराज जोशीले विशेष समय लिएर संसदमा शीर्षसहति पहिलो मर्यादाक्रममा रहेने नेताहरुको आसन महिनौसम्म किन र केका लागि खाली हुन्छ भन्दै सभामुखको ध्यानाकर्षण गरे ।

उनका अनुसार संसदमा शीर्ष नेताहरु सहभागी हुनु भनेको संसदीय मूल्यमान्यता र परम्पराको गरिमा बढ्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment