+
+

तीनै तहको निर्वाचनको मिति तोक्नु पर्छः थापा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १४ गते ९:५५

Kamal Thapa, RPP Nepal१४ भदौ, जनकपुरधाम । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको मिति छिट्टै तोक्नुपर्ने बताएका छन् ।

निर्वाचन नहुँदा अस्थिरता निम्तिने भन्दै थापाले चुनावको विकल्प नभएको बताए ।

राप्रपा नेपाल धनुषाद्वारा धनुषाधाममा आयोजित सभामा उनले  मधेसका प्रमुख समस्या शिक्षा, स्वास्थ्य र गरिबी समाधान गर्न यसअघिको सरकारले ल्याएको ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले धर्म परिवर्तनको डरलाग्दो विषय तराई–मधेसमा फैलिएकामा चिन्ता व्यक्त गरे । उनले  धर्म, संस्कृति र पहिचानको रक्षा गर्दै मुलुकको समृद्धि चाहनेले आफ्नो दललाई साथ दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?