Comments Add Comment

स्मार्टफोनले बनाउँदैछ अन्धो, कसरी बँच्ने ?

smart phone_eyeस्मार्टफोन अहिले मानिसको प्रतिष्ठाको द्योतक बनेको छ । अर्थात् स्मार्टफोन मानिसको स्मार्टनेसका स्टाटस सिम्बोल बनिसकेको छ ।

मानिसको समग्र स्मार्टनेसको द्योतक बनेको यो चिज विस्तारै मानिसको आँखाको स्मार्टनेसलाई भने नष्ट गर्ने कारक तत्व बनिरहेको छ ।

न्यु इंगल्याण्ड जर्नल अफ मेडिसिनको ताजा रिपोर्ट अनुसार अँध्यारोमा स्मार्टफोनको प्रयोग गर्नाले आँखाको ज्योति विस्तारै कम हुन थाल्दछ । शोधकर्ताहरुले स्मार्टफोनको अत्यधिक प्रयोगबाट अन्धोपनाको सिकार बनेका अर्थात् स्मार्टफोन ब्लाइन्डनेसको सिकार बनेका दुइ जना महिलालाई उदाहरणको रुपमा पेश गरेका छन् ।

विकाशोन्मुख देशहरुमा पनि मानिसहरुमा स्मार्टफोनको प्रयोग तिव्र रुपमा बढिरहेको र स्मार्टफोनको अत्यधिक प्रयोगले आँखामा समस्या उत्पन्न भएर दृष्टि क्षमतामा गिरावट आएका मानिसहरु बढ्दै गएको विज्ञहरुको भनाइ छ ।

खासमा युवा तथा किशोर किशोरीहरुमा स्मार्टफोनको क्रेज बढिरहेको छ र घण्टौँसम्म स्मार्टफोनको स्क्रिनमा घोत्लिरहनेहरुको संख्या निकै धेरै छ । स्मार्टफोनको अत्यधिक प्रयोगका कारणहरु चाहे जे सुकै होउन् स्मार्टफोन आँखाका लागि घातक सावित भैरहेको छ ।

विज्ञका अनुसार स्मार्टफोन तथा अन्य डिजिटल ग्याजेटहरु आवश्यकता भन्दा बढि प्रयोग गर्नाले त्यसबाट निस्किने निलो प्रकाशले आँखालाई सुख्खा गराउँदछ । यसले आँखाको रेटिनामा प्रत्यक्ष असर पूराउँदछ । स्मार्टफोन लगायतका डिजिटल ग्याजेटको प्रयोगको दुष्प्रभाव तुरुन्तै नदेखिन सक्दछ तर विस्तारै यसले आँखाको ज्योति कम गरिरहेको हुन्छ ।

नेत्र चिकित्सकहरुका अनुसार आवश्यकता भन्दा धेरै स्मार्टफोन वा डिजिटल ग्याजेटको प्रयोग नगर्नु सबैभन्दा उत्तम उपाय हो । स्मार्टफोन तथा ट्याबको जस्ता डिजिटल ग्याजेटको साटो ल्यापटप तथा टेलिभिजन जस्ता ठूला स्त्रिmनमा टाढै बसेर हेर्नाले आँखमा पर्ने असर कम हुन्छ ।

रातमा अँध्यारोमा स्मार्टफोन तथा ट्याबको प्रयोग गर्दै नगरौँ । बत्ती निभाएर ओछ्यानमा पल्टिएर स्मार्टफोन वा ट्याब चलाउनु घातक हुन्छ ।

यसरी अत्यावश्यक रुपमा प्रयोग गर्नुपर्दा स्मार्टफोनको स्त्रिmनको कन्ट्रयास्ट बढाउने र ब्राइटनेस घटाउनुपर्दछ । स्मार्टफोनमा केही चिज पढ्नुपर्दा स्मार्टफोन आँखाभन्दा १६।१६ इन्च टाढा राख्नुपर्छ ।
आँखाको स्वास्थ्यका लागिः

·      दिनहुँ आँखामा लुब्रिकेटिंग आइ ड्रप हाल्ने
·      स्मार्टफोन हेरिरहँदा लगातार आँखा झिम्क्याउने
·      आँखालाई मनतातो पानीले बेला बेलामा भिजाउने
·      आँखालाई स्वस्थ राख्नका लागि स्याउ, किवी लगायतका एन्टीअक्सिडेन्टवाला फलफूलका साथै ओखर र हरियो सागपातको पर्याप्त सेवन गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment