Comments Add Comment

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप

Former-King-Birendra

१६ भदौ, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । झडपपछि स्थिति तनावग्रस्त भएको छ ।

राष्ट्रवादी युवा समूहले बिहीबार धम्बोजीमा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । यद्यपी युवाहरुले शालिक भने राखिसकेका छन् ।

नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो । त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते भएका छन् ।

प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।

राजतन्त्रको पक्षमा रहेका युवाहरुले वीरेन्द्रको शालिक हटाउन नदिने र त्यसको संरक्षण पनि आफूहरुले नै गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment