Comments Add Comment

नायिकापछि नायकको जन्मदिन सेलिव्रेशन, ‘ग्याङस्टार ब्लूज’का लागि शरीर बनाउँदै आशिरमान

namrata with aashirman
केही महिना अगाडि घोषणा भएको चलचित्र ‘ग्याङस्टार ब्लूज’को छायांकन सुरु हुन अझै केही महिना बाँकी छ । चलचित्रको तयारीका लागि लामो समय लिइएको हो । यही चलचित्रबाट डेब्यू गर्न लागेका नव-नायक आशिरमान देसराज श्रेष्ठको १८ औ जन्मदिन चलचित्रको यूनिटले आयोजना गरेको छ ।

चलचित्रका निर्माता तथा मुख्य कलाकारहरुको उपस्थितीमा उनको जन्मदिन मनाइएको थियो । निर्माता सरोज न्यौपानेका अनुसार, आशिरमान भविष्यका स्टार हुन् र उनलाई विशेष सम्मान दिनका लागि केक काटिएको हो । aana with aashirman
आशिरमानको जन्मदिन सेलिव्रेशनमा चलचित्रका निर्देशक हेमराज वीसी, नायिका आना शर्मा पनि उपस्थित थिए । यस्तै, ‘चपली हाइट २’ जोडी आयुष्मान देसराज र परमिता राणा पनि आशिरमानलाई शुभकामना दिन पुगेका थिए । नायिका नम्रता श्रेष्ठ आफ्ना प्रेमी दावा शेर्पासँग एटिक बार पुगेकी थिइन् ।

चलचित्रका लागि आशिरमानले सिक्स प्याक्स बनाइरहेका छन् । यसैले चलचित्रको छायांकनका लागि समय लिइएको हो । केही समय अगाडि चलचित्रकी नायिका आनाको जन्मदिनमा पनि निर्माताले केक काटिदिएका थिए । gangstar bluz gang

तस्बिरः विनोद पोख्रेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment