Comments Add Comment

राजदूतमा किन दोहोरिए उपाध्याय ?

१७ भदौ, काठमाडौं ।  सरकारले चीन र भारतबाट उच्चस्तरीय भ्रमणलाई मध्यनजर गर्दै बिहीबार छिमेकी भारत र चीनमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालको नाम सिफारिस गरेको हो ।

Deep-kumar-upadhyayaकिन दोहोरिए उपाध्याय ?

भारतका लागि निवर्तमान राजदूत  दीपकुमार उपाध्यायलाई सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा फिर्ता बोलाइएको थियो । जसमा कांग्रेसले आपत्ति जनाएको थियो ।

सरकारले उनलाई पठाइएको पत्रमा भने कुनै अभियोग लगाइएको थिएन । माओवादी–कांग्रेस गठबन्धन सरकार गठन भएलगत्तै भारतमा उपाध्यायलाई दोहो-याउने सहमति भएको थियो । उपाध्यायले कार्यकालको एक वर्ष मात्रै काम गर्न पाएका थिए ।

पहिले राजदूत सिफारिसमा परेकाद्वारा सर्वोच्चमा रिट

सरकारको निर्णयलगत्तै सिफारिसमा परेकाहरू युवराज कार्की, शिवमाया तुम्बाहाम्फे, खड्गबहादुर केसी, नारदनाथ भारद्वाज वाग्ले, निरञ्जन थापा, खगेन्द्र बस्न्यात र भरतबहादुर रायमाझीले सो निर्णय सच्याउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले १ भदौमा फिर्तासम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर, चीनका लागि सिफारिसमा परेका राजदूत पाण्डेले मुद्दा दायर नगरेका कारण त्यहाँ राजदूत सिफारिस गर्न बाधा नपुग्ने निष्कर्षसहित चीनमा राजदूत सिफारिस गरिएको सरकारी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment