Comments Add Comment

अर्जेन्टिनी टिममा फर्किएका मेस्सी भन्छन्-अहिले धेरै खुसी छु

messi

१७ भदौ, काठमाडौं । एथ्लेटिको विल्वाअोविरुद्धको खेलका क्रममा लागेको चोटका बावजुद लिओनल मेस्सी खुसीका साथ अर्जेन्टिनाका लागि खेले र उरुग्वेविरुद्ध टिमलाई जिताए ।

गत जुनमा अप्रत्यासित रुपमा सन्यास लिएका मेस्सीले आफ्नो घोषणा फिर्ता लिएपछि पहिलो पटक अर्जेन्टिनाका लागि खेलेका थिए ।
र, उनकै गोल मदतमा विश्वकप छनौटमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हराएको छ ।

खेलपछि मेस्सीले अर्जेन्टिनाको अहिलेको टोलीमाथि आफूलाई विश्वास रहेको बताए । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा पराजित भएको स्मरण गर्दैै उनले भने, ‘त्यसबेला हामी निकै निराश थियौं । र, यो कठिन झड्का थियो ।’

बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेस्सीले अहिले भने आफू खुसी रहेको बताए । उनले भने, अहिले म धेरै खुसी छु । खासगरी यहाँ (अर्जेन्टिनी टिममा) मा भएको खुसी छु ।’

यद्यपि मेस्सीले सेप्टेम्बर ६ मा भेनेजुएलाविरुद्ध खेल्नेमा अझै आशंका छ । किनकी उनी अझै पूर्ण फिट देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment