Comments Add Comment

महिलाको तीजलाई तेस्रो लिंगीको साथ

third gender_teej२० भदौ, काठमाडौं ।  नेपालमा रहेका समलिंगी, तेस्रोलिंगी महिलाले पनि हरितालिका तीज पर्व मनाएका छन् । तेस्रो लिंगीको दुःख साटासाट गर्ने छुट्टै पर्व नभएकाले तीजलाई नै माध्यम बनाइएको उनीहरुले बताएका छन् ।

विवाहिता समलिंगी तेस्रोलिंगी महिलाले जीवनसाथीको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै तीज मनजाएका हुन् । त्यस्तै अविवाहिताले योग्य जीवनसाथी पाउँ भनेर तीज पर्व मनाएका छन् ।

देशका विभिन्न ठाउँमा जस्तै काठमाडौंमा रहेका रहेका समलिंगी तेस्रोलिंगी महिलाले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजमा भेला भएर तीजका विभिन्न भाकाका गीत गाउँदै छमछमी नाँचेर तीज मनाए ।

Pinky Gurungसमाजका संस्थापक सुनिलबाबु पन्तले आम महिलाले मात्रै नभएर समलिंगी तेस्रोलिंगी महिलाले पनि तीज पर्व मनाउनुपर्ने बताएर सुरुवात गरिदिएपछि समाजकी अध्यक्ष पिंकी गुरुङले यसलाई निरन्तरता दिँदै आएकी छिन् ।

हाम्रो पनि स्वतन्त्रता छः पिंकी

नारी जस्तै आफूहरुको स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएर तीज मनाएको नील हिरा समाजकी अध्यक्ष गुरुङले बताइन् ।

गुरुङले भनिन्-समलिंगी तेस्रो लिंगीमाथि हुँदै आएको विभेद  र दुर्व्यवहारको विरोध गर्दै खुशी साटासाट गर्ने कुनै पर्व नभएकाले तीजलाई नै सुख-दुख साटासाट गर्ने अवसरका रुपमा मनाएका हौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment