Comments Add Comment

प्रेस चौतारी चितवनलाई ६० लाख पर्ने जग्गा दान

Press-Chautari-Chitwan,-Jagga Dan

२० भदौ, चितवन । भरतपुर चितवनका युवा व्यावसायी एवम् समाजसेवी तेजबहादुर कार्की (केशव)ले प्रेस चौतारी नेपाल चितवन शाखाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् ।

प्रभु हाउजिङ एण्ड डिलर्स प्रोपोटिज प्रालिका सञ्चालक समेत रहेका कार्कीले भरतपुर ११ बसेनीमा रहेको करिब ६० लाख रुपैयाँ मूल्य पर्ने जग्गा प्रदान गरेका हुन् ।

सोमबार जग्गा प्रदान सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्रेस चौतारी चितवनका अध्यक्ष तिर्थ नेपाल र जग्गादाता कार्कीले हस्ताक्षर गरेका छन् ।

एमाले चितवन जिल्ला अध्यक्ष जे.एन. थपलिया, एमाले सांसद कृष्णभक्त पोख्रेल लगायतको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर भएको प्रेस चौतारी चितवनका उपाध्यक्ष सुवास पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार जग्गादाता कार्कीले १०-१५ दिनभित्रै लालपूर्जा उपलब्ध गराउने बचन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment