Comments Add Comment

सप्तरी माइक्रोबस दुर्घटना, ६ घाइते

२१ भदौ, राजविराज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा सोमबार साँझ माइक्रोबस दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते भएका छन् ।

Jeep-Accidentपूर्वबाट काडमाडौँतर्फ जाँदै गरेको बा ४ ख ४१६ नंको माइक्रोबस शम्भुनाथमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

माइक्रोबसमा सवार झापा बिर्तामोड–५ का चिन्टु दास, झापा शिवसतासी–९ की धनमाया राई, सोही ठाउँकी धनकुमार लिम्बू, बिर्तामोड–७ का मानोज भट्टराई, कपिलवस्तुका विवेक श्रीवास्तव र धनकुटा आहाले–८ की आशा राई लगायत गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

सो माइक्रोमा १४ जना यात्रु सवार थिए । घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment