२१ भदौ, काठमाडौं । विश्व नम्बर एक टेनिस स्टार सेरेना विलियम्सले नयाँ इतिहास रचेकी छन् ।
उनले युएस ओपन टेनिसका क्रममा यारोस्लावा श्वेदोवामाथि ६-२ र ६-३ को सोझो सेटमा जित हात पारेकी हुन् ।
यो ग्राण्डस्लाममा सेरेनाको ३०८ जित हो । साथै पुरुष वा महिला दुबैतर्फ ग्राण्डस्लाममा हात पारेको कीर्तिमानी जित हो । उनले रोजर फेडेररलाई पनि पछि पारेकी छन् ।
३४ वषर्ीया सेरेना अब सातौं यूएस ओपन टेनिसको उपाधिबाट मात्र तीन जित टाढा छिन् । क्वार्टरफाइनलमा उनको भेट पाँचौ वरियताकी रोमानियाकी सिमोना हालेपसँग हुनेछ
प्रतिक्रिया 4