+
+

टेलिकमका प्रवन्ध निर्देशक आचार्यको कार्यकाल सकियो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २१ गते ६:४९

Nepal-Telecome
२१ भदौ काठमाडौं । देशकै सबैभन्दा ठूलो दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम प्रमुखविहीन भएको छ । टेलिकमका प्रबन्ध निर्देशक बृद्धिप्रसाद आचार्यको दुई वर्षे कार्यकाल आइतबारदेखि सकिएको हो ।

योसँगै नेपाल टेलिकम तत्कालका लागि प्रमुखविहीन भएको छ । प्रमुख नियुक्ति प्रत्रिया भने अझ एक साता लाग्ने भएको छ ।

नेपाल टेलिकम मोबाइल सेवा, ल्याण्डलाइन फोन सेवा, इन्टरनेट लगायत सुविधा दिँदै आइरहेको नेपाल सरकारको स्वामित्वमा रहेको संस्था हो ।

२०७१ भदौ २० गते देखि प्रमुख पदमा रहेका आचार्यको कार्यकाल २०७३ भदौ १९ गते सकिएको हो । देशकै अग्रणी दूरसञ्चार प्रदायक कम्पनी प्रमुखविहीन हुँदा दैकिन कार्य सञ्चालन तथा नीतिगत तथा प्राविधिक निर्णयहरु रोकिने अवस्था आएको छ । यसले टेकिलमको सेवामा समेत असर पर्न सक्छ ।

टेलिकम प्रमुखकै लागि निवर्तमान प्रवन्ध निर्देशक बृद्धिप्रसाद आर्चाय लगायतका १३ जना प्रतिस्पर्धामा छन् । नेपाल टेलिकमको बजार हिस्सा दूरसञ्चार क्षेत्रमा ५७ प्रतिशतको हारहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?