+
+

रास्वपा राजनीतिक स्थिरताको प्रतिवद्धताबाट च्यूत भयो : बद्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १४:५१

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले राजनीतिक स्थिरता र सुशासन चाहने प्रतिवद्धताबाट च्यूत भएको आरोप लगाएका छन् ।

मंगलबार रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी ऐन संशोधन विधेयक फिर्ता लिने प्रस्ताव राखेका थिए । उक्त विधेयक फिर्ता लिएर सरकारले दल फुटाउन सहज हुने गरी अधयादेश ल्याउन लागेको र त्यसमा संलग्न भएको आरोप रास्वपालाई लगाएका हुन् ।

‘राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिनुको आशय सबैलाई थाहा छँदैछ । यसले नयाँ आएका राजनीतिक दलहरु जो स्थिरता चाहन्छौं, सुशासन चाहन्छौं भन्ने कुराबाट रास्वपा पनि स्वतः च्यूत भएको छ’, पाण्डेले पत्रकारहरुसँग भने, ‘उहाँहरुको आशय के हो नियत के हो ?’

विपक्षीहरुको विरोधकाबीच गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धि ऐन संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पेश गरेका थिए । जसलाई प्रतिनिधि सभाले फिर्ता लिन अनुमति दिएको छ।

गृहमन्त्री लामिछानेले पेश गरेको प्रस्तावलाई बहुमतले स्वीकृतको घोषणा सभामुख देवराज घिमिरेले गरे । यो सँगै विधेयक फिर्ता लिने अनुमति प्राप्त भएको हो ।

यो विधेयक गत माघमा प्रतिनिधि सभामा दर्ता भएको थियो । गत वैशाखमा फिर्ता लिने निर्णय गरेको थियो । संसदमा पेश भएको विधेयक फिर्ता लिँदा सभाको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?