+
+
Shares

कांग्रेस नेता बराल भन्छन्- केन्द्रदेखि इकाइसम्मका नेताहरू सुध्रिनु पर्छ 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले सबै तहमा आ-आफ्नो तर्फबाट नेता कार्यकर्ता सुध्रिन आवश्यक रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले सबै तहमा नेता कार्यकर्तालाई सुधार आवश्यक भएको बताए।
  • उनले संगठनमा पूर्वाग्रह र गल्तीले पार्टीको मजबुति नआउने बताए र आत्मसमीक्षा गर्न आग्रह गरे।

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले सबै तहमा आ-आफ्नो तर्फबाट नेता कार्यकर्ता सुध्रिन आवश्यक रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बरालले आग्रह पूर्वाग्रह झल्किएको बताए ।

‘सधैँ आग्रह र पूर्वाग्रहले संगठन निर्माण हुँदैन । हामी सबैले गल्ती गरेका छौँ आफ्नो ठाउँमा । जसले जहाँ पायो, त्यहाँ बेइमानी प्रकट गरेका छौँ ।त्यसरी कांग्रेस बन्दैन । सबै आ–आफ्नो कित्ताबाट सुध्रिऔँ,’ बरालले भने ।

केन्द्रीय सभापतिदेखि इकाई सभापतिसम्म आत्मसमीक्षा गरेर जानुपर्ने आवश्यकता रहेको उनले सुनाए ।

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बजेट विनियोजन गरेर योगदान गरेको तर पार्टी भित्रैबाट आक्रमणमा परेको उनले सुनाए ।

‘योगदान गरेको अवस्थामा पार्टीले आभार प्रकट गर्ने हो कि पार्टी मेसिनरीबाटै आलोचना र ह्यारेसमेन्ट गर्ने काम गर्ने हो,’ बरालले भने, ‘राम्रो गरेकालाई राम्रो भनौँ । नराम्रो गरेकालाई संशोधन गर्न प्रयत्न गरौँ । तर आलोचना गर्ने होइन ।’

आपूर्ति तथा उपभोक्ता विभागका प्रमुख समेत रहेका बरालले उद्योगी व्यवसायीको अवस्था र जनताका चुलो महँगो हुँदै गएको प्रति ध्यानाकर्षण गराए ।

सांगठनिक विशेष अभियानमा डोटी खटिएका बरालले त्यहाँको अवस्था बारे बैठकमा भने, ‘कांग्रेसको आन्तरिक संगठन बलियो छ। कांग्रेस त्यहाँ बलियो छ। तर त्यहाँ ठूलो विवाद त होइन, केही बेमेलहरू छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?