+
+

नीति कार्यक्रम र बजेटमा प्रतिपक्षले सहयोग गरे लचिलो हुन्छौं : देवेन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १४:४४

८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यमा सहयोग गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यस अगाडि नीति तथा कार्यक्रम संसदबाट पारित हुनुपर्ने बाध्यकारी प्रावधान रहेको स्मरण गराए । यो बाध्यकारी प्रावधानमा विपक्षी दलहरु लचिलो हुनुपर्ने उनले बताए ।

‘प्रतिपक्षबाट नीति तथा कार्यक्रम र बजेटलाई सहयोग रह्यो भने सरकारपक्ष लचिलो हुन तयार छ’, उनले भने । विपक्षी दलहरुसँग संवाद भइराखेको र संसदमा जारी रहेको अवरोध चाँडै हट्ने पनि उनको विश्वास छ ।

‘संवाद र सहकार्यको प्रक्रियाबाट सदन चलाउने हुँदैछ । त्यसको संकेत आज प्रतिपक्षले बोल्ने सहमति भएर कार्यान्वयन भएको छ’, नेता पौडेलले भने ।

मंगलबार प्रतिनिधि सभाको बैठकको सुरुमा कांग्रेसका तर्फबाट बद्रीप्रसाद पाण्डेले बोलेका थिए । त्यसक्रममा उनले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आफूहरुको माग कायम रहेको बताए ।

त्यसपछि कांग्रेसका सांसदहरुले वेल घेराउ र नाराबाजी गरेका थिए । विपक्षी दलहरुको नाराबाजी र विरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?