Comments Add Comment

नगद चारलाखसहित ८ जुवाडे पक्राउ

२२ भदौ, पोखरा । कास्की प्रहरीले मंगलबार नगद चारलाखसहित ८ जना जुवाडे पक्राउ गरेको छ ।

Pasa,-Juwaपोखरा उप-महानगरपालिका वडा नम्बर २९ हेमजाको फेदीबाट उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

हेम्जास्थित मनहरी भण्डारीले सञ्चालन गरेको भण्डारी रेष्टुरेन्ट एण्ड खाजा घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक मोहनबहादुर खाणको नेतृत्वमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले १६ थान कौडा र ४ लाख ९ हजार २५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटल सञ्चालक मनहरी भण्डारी, पोखरा नयाँ बजारका विष्णु बास्तोला, महेन्द्र रानामगर, चिप्लुढंगाका नवराज थपलिया, पोखरा नदीपुरका चिरञ्जिवी गुरुङ्ग र सोही ठाँउका कमल सापकोटा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखरा १४ चाउथेका नारायण श्रेष्ठ र मोहरिया टोलका गोपाल पन्थीलाई पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment