२३ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति समझौताको कार्यान्वयनमा नेपालको जोड दिने बताएका छन् ।
भारत भ्रमणबारे पूर्वपररष्ट्रमन्त्री र कूटनीतिकज्ञहरुसँग बुधबार सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा खासै नयाँ विषय नभएको बताएको आजको अन्नपूर्णमा समाचार छ ।
यसपटक नयाँ समझौता गर्नुभन्दा पुराना सम्झौता प्रभावकारी कार्यान्वयनको पक्षमा आफू रहेको उनले बताए । प्रचण्डले आफू सपिङ लिष्ट लिएर भारत जान नलागेको स्पष्ट गरे ।
भारत भ्रमणमा जाने भन्नेवित्तिकै नेपालमा तरंग आउने गरेको भन्दै उनले आफ्ने भ्रमणलाई संशयका रुपमा नलिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4